४७ अंकले बढ्यो नेप्से, २ अर्ब बढीको कारोबार

४७ अंकले बढ्यो नेप्से, २ अर्ब बढीको कारोबार


काठमाडौं ।

चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ ।

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ ।

यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर छ ।