सुनको भाउ इतिहासकै महँगो, कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ इतिहासकै महँगो, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

आइतबार१ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ । यसअघी गत कार्तिक १२ गते १ लाख १७ हजारमा कारोबार भएको थियो सो मूल्य हालसम्मकै उच्च थियो ।

आज तेजावी सुन १ लाख १६ हजार ८५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।