पाउण्डको भाउ हालसम्मकै उच्च,अरु मुद्राको कति ?

पाउण्डको भाउ हालसम्मकै उच्च,अरु मुद्राको कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा पुगेको छ ।

मंगलबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ ।