काठमाडौं ।
नेपाल आयल निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको निगम ऋण मुक्त भएको छ ।
ऋणको दायित्व रहेको भन्दै पटक पटक मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको नेपाल आयल निगम ऋण मुक्त हुँदासमेत अझैं मूल्य घटाएको छैन ।
विगत विस २०७७ सालदेखि निरन्तर घाटामा जान थालेको नेपाल आयल निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद गर्नका लागि २४ अर्ब रुपैयाँ यसअघि नै निगमले ऋण चुक्ता गरिसकेको छ ।
नेपाल सरकारलाई हिजो विहिबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैंन ।
नेपाल आयल निगमवे पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका नेपाली उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।
नेपाल आयल निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोल पदार्थमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था रहेको छ । पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।
प्रतिक्रिया