लगनको महिनामा दिनकै बढ्दो सुनको भाउ, आज इतिहासकै महङ्गो

लगनको महिनामा दिनकै बढ्दो सुनको भाउ, आज इतिहासकै महङ्गो


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ हाल सम्मको उच्च भएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

आइतबार १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २१ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै सुनको भाउ इतिहासकै महङ्गो बनेको छ ।

आज तेजावी सुन १ लाख २० हजार रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदी स्थिर रहेको छ ।हिजो १५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा हुने महासंघले जनाएको छ ।