५० हजार छुट सहित सुपर शोको एक्सचेन्ज अफर

५० हजार छुट सहित सुपर शोको एक्सचेन्ज अफर


काठमाडौं ।

इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ ।

कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको अफर ल्याएको हो ।

इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको नेपालका लागि आधिकारिक बिक्रेता डि–लाइफ स्टाइलले ल्याएको एक्सचेन्ज अफरमा नगद ५० हजार रुपैयाँसम्मको छुट रहेको छ ।

यस स्कीम अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नछन् । ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांङ्कनमा थप ५० हजार रुपैयाँ पाउने छन् ।

यसका अलावा कम्पनीले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा एक वर्षको रोड ट्याक्स, २ वर्षको निःशुल्क सर्भिसिङ, हेलमेट उपलब्ध गराउने जनाएको छ ।

यो स्कीम २०२३ मंसिर ३० गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

सुपर शोकोका स्कुटर तथा मोटरसाइकलमा ३ वर्षको ब्याट्री वारेन्टी तथा २ वर्ष वा २० हजार किलोमिटरसम्म मोेटरमा वारेन्टि दिँदै आएको छ ।