‘टिग’मा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा

‘टिग’मा अब रेस्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापन सुविधा


काठमाडौँ ।

क्लाउड प्रणालीमा आधारित सफ्टवेयर ‘टिग’बाट अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापन पनि गर्न सकिने भएको छ। आन्तरिक राजस्व विभागबाट प्रमाणित सो सफ्टवेयर बीआईसी टेक्नोलोजीले निर्माण गरेको हो।

कम्पनीले टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको जनाएको छ। टिगमा अकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यसअघि देखि नै उपलब्ध थियो।

नेपालमा टिग सफ्टवेयरको प्रयोग १ हजार ५०० बढी व्यवसायले गर्दै आएका छन्। कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जन भन्दा बढी व्यवसायीहरूले पनि नि:शुल्क रुपमा यो सफ्टवेयरको अकाउन्टिङ फिचर प्रयोग गरिरहेका छन्।

साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्धेश्यले टिगमा अकाउन्टिङका साथै रिटेल र रेष्ट्रो मोड्युल थप गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले बताए।

‘टिगमा रेष्टुरेन्ट, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरि नयाँ सुविधा ल्याएका छौं,’ उनले भने।

रेस्टुरेण्ट, क्याफे वा मार्ट व्यवसायीहरुले सफ्टवेयरको डेमो निःशुल्क रूपमा हेर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ। सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि नि:शुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगकी सहसंस्थापक प्राथना साखःले बताइन।

नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको अकाउन्टिङ, रिटेल र रेष्ट्रो सेवाको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। टिग रेष्ट्रोमा टेबल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्याण्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पीओएस इन्टिग्रेसन लगायतका विशेषताहरू रहेका छन्।

यस्तै, टिग रिटेलबाट सजिलै आफ्नो होलसेल पसल वा मार्ट व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ। टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसेप्ट प्रिन्टिङ, प्रोडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायतका सुविधा रहेका छन्।