आज सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

आज सेयर बजारमा झण्डै ५ अर्बको कारोबार


काठमाडौं ।

सेयर बजार पुन ओरालो लागेको छ ।

चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो ।

सोमबार १५.४० अंकले ओरालो लागेको सेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार फेरि ओरालो लागेको हो । तर, कारोबार रकममा भने वृद्धि भएको छ ।

लामो समयपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो ।

यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।