आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो ।

सोमबार १ लाख १७ हजारमा कारोबार भएको सुन आज १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ७५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो १४ सय १० रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।