आइपिओ ल्याउदै सोलार फार्म, कहिलेबाट ?

आइपिओ ल्याउदै सोलार फार्म, कहिलेबाट ?


काठमाडौं ।

सोलार फार्म लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले आइपिओ निष्कासन सहितका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी पुस २८ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभा कास्कि जिल्लाको पोखरास्थित होटेल माला लेकसाइडमा दिउँसो २ बजे शुरु हुने छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले लाभांश वितरण, अधिग्रहण तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।