रुस–युक्रेन युद्धमा कैलालीका शाहको मृत्यु, कुसको शव बनाएर अन्तिम संस्कार

रुस–युक्रेन युद्धमा कैलालीका शाहको मृत्यु, कुसको शव बनाएर अन्तिम संस्कार


कैलाली ।

रुस–युक्रेन युद्धमा परी कैलालीका भरत शाहको मृत्यु भएको छ ।

३ महिना अघि रुसी सेनामा भर्ना भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय शाहको मृत्यु भएको हो ।

शुक्रबार उनको मृत्युको खवर पाएका परिवारले आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।

उनको परिवारमा श्रीमति, चार वर्षको छोरा, तीन महिनाको छोरी र बुबा आमा रहेका छन् ।

२६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको बताइएता पनि परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए ।