सांग्रिला बैंकको १ लाख ७१ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला बैंकको १ लाख ७१ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंकले पष ४ गते आज बुधबारदेखि संस्थापकसमुह तर्फ सेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने कम्पनीले जनाएको छ ।