२ केवलकार कम्पनी र जय अम्बे स्टिल्सले आइपिओ ल्याउँदै, कहिलेबाट ?

२ केवलकार कम्पनी र जय अम्बे स्टिल्सले आइपिओ ल्याउँदै, कहिलेबाट ?


काठमाडौं ।

मौलाकाली केबल कार लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार हुने सातौं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय गैंडाकोट, नवलपरासीमा विहान ९ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै लुम्बिनी केबल कार लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ।

सोही प्रस्तावसहित कम्पनीले आगामी पुस २८ गते शनिबार वार्षिक साधारणसभामा बोलाएको हो ।सभा होटल हिमालय लाजिम्पाट, काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

यसैगरी, सोही सभाले नगद लाभांश वितरण, सञ्चालक समिति चयन तथा लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यता जय अम्बे स्टिल्सले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो ।

कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । सञ्चालक समितको निर्णय साधारण सभाबाट पारित भएपछि कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेस भएको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने तथा गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब, नगद प्रवाहको विवरणसहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै सञ्चालक समिति गठनका साथै अधिकृत पुँजी बढाउने निर्णय पनि सभाले गर्ने भएको छ । अहिले वास्तविक क्षेत्र सेयर बजारमा प्रवेश गर्ने क्रम बढेको छ । शिवम्, घोराही, सोनापुर सिमेन्टलगायत दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रियामा छ ।