सर्वोत्तम सिमेन्टले पायो आइपिओ निष्कासनको अनुमति, आवेदन दिन १८ हजार चाहिने 

सर्वोत्तम सिमेन्टले पायो आइपिओ निष्कासनको अनुमति, आवेदन दिन १८ हजार चाहिने 


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आइपिओ बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्दै निवदेन दिएको थियो ।बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आइपिओ बिक्री अनुमति दिएको हो । अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आइपिओ निष्कासन गर्नेछ ।

सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आइपिओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आइपिओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आइपिओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट कम्पनीले आइपिओ बिक्री गरेको हो ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।