आइपिओ जारी गर्दै ३ वटा कम्पनी, कुन कुन ?

आइपिओ जारी गर्दै ३ वटा कम्पनी, कुन कुन ?


काठमाडौं ।

पूर्वाञ्चल ल्युव आयल लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसँगै पुस २९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यलय मोरङ, विराटनगरमा विहान ११ बजे सभा गर्ने सुरु हुनेछ ।

सभाले प्राथमिक शेयर निष्कासन गर्ने, बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस्तै जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९र ०८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०८०र ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यता किसान होल्डिङ लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले आइपिओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।