काठमाडौँ ।
दुई दिनको सार्वजनिक बिदापछि एकैपटक बुधबार खुलेको सेयर बजारमा १७ अंकमाथिको गिरावट आएको छ । आइतबार नेप्से सूचक २१ अंकले घट्दै २ हजार ८८ विन्दुमा अडिएको थियो ।
दुई दिनपछि आज खुलेको बजारमा थप १७.२३ अंकले घट्दै नेप्से सूचक २ हजार ७०.८४ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२५ अंकले घट्दै ३८७.०७ अंकमा झरेको नेप्सेले जनाएको छ ।
तथापि, आज पनि उत्साहपूर्ण कारोबार हुँदै ५ अर्ब २४ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्चुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ०.५३ प्रतिशत र १.१६ प्रतिशतले बढेको छ । भने बाँकी ११ वटा समूहको उपसूचक ऋणात्मक भएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ९ वटा कम्पनीको मूल्य ८ प्रतिशतमाथिले बढेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया