हिजो रेकर्ड राखेको सुनको भाउ एकैदिन १३ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो रेकर्ड राखेको सुनको भाउ एकैदिन १३ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै उच्च हो।

शुक्रबार भने सुन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १४ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।