नेप्सेमा ६ कम्पनीको मूल्य समायोजन, कुन कम्पनीको कति ?

नेप्सेमा ६ कम्पनीको मूल्य समायोजन, कुन कम्पनीको कति ?


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीबार छ कम्पनीको मूल्य समायोजन गरेको छ ।

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२८ रुपैंया ६४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार २३९ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ६५९ रूपैयाँ ९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीलबारको अन्तिम कारोबार मूल्य १ हजार ८२५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको १३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ९५५ रुपैंया ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार१ हजार ८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५०२ रुपैंया ६१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५७८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

साना किसान लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८८८ रुपैंया ३२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार १४ रुपैंया ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ७२५ रुपैंया ४५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ८९८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।