हिमालयन रिइन्सुरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, भाेलि देखि कारोबार हुने

हिमालयन रिइन्सुरेन्सको आइपिओ नेप्सेमा सूचीकृत, भाेलि देखि कारोबार हुने


काठमाडौँ ।

हिमालयन रिइन्सुरेन्सको आइपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएसँगै सोमबार देखि कारोबार हुने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता सेयर पनि निष्कासन गरिएको छ ।

कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ भने कारोबारका लागि कम्पनीले HRL टिकर पाएको छ ।