सेयर बजारमा हरियाली, साढे ४ अर्बको कारोबार

सेयर बजारमा हरियाली, साढे ४ अर्बको कारोबार


काठमाडौं ।

गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार घटेपनि दोस्रो कारोबारमा हरियाली देखिएको छ।

आइतबार २६.३६ अंकले घटेको बजार सोमबार भने वृद्धितर्फ देखिएको हो।

सोमबार बजार ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ।

२१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ।

२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।