नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’ पुष्टि

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’ पुष्टि


काठमाडाैं ।

कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो।

यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो।

पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।

नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ। साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ।