कोशी प्रदेशकाे नामकरण प्रकरणले गठबन्धन संकटमा : विश्वप्रकाश शर्मा

कोशी प्रदेशकाे नामकरण प्रकरणले गठबन्धन संकटमा : विश्वप्रकाश शर्मा


काठमाडाैँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश नामाकरण प्रकरणले गठबन्धन जुनसुकै बेला संकटमा पर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलप्रती असन्तोष प्रकटको स्थिति रहेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ । संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी रास्ट्रीय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ । गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन ।’