मधेसका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने


जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन् ।

उनलाई विश्वासको मत दिने गठबन्धनमा सहमति भएपछि आइतबार तयारी गरिएको छ ।

विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो ।

तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको छ ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेस सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने कानुनी बाध्यता छ ।

आइतबार विश्वासको मत लिने गरी मधेस प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार पत्र पठाइसकेका छन् ।