एसीसी महिला प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित

एसीसी महिला प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित


काठमाडौं ।

नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासंग पराजित भएको छ ।

मलेसियास्थित बायुएमास ओभलमा टस जितेर पहिला ब्याटङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जाडेको थियो ।

११६ रनको विजयी लक्ष्य पच्छ्याएको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यो जितसंगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ । यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एशिया कपमा छनौट भएका छन् ।