काठमाडौं ।
आज आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने छन् ।
आइतबारसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले कम्पनीद्वारा यसअघि घोषित ४ प्रतिशत सेयर बोनस पाउने र साधारणसभामा सहभागी हुन सक्ने छन् ।
कम्पनीले लाभांश प्रयोजनका लागि सोमबार बुक क्लोज तय गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
सो बमोजिम अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा सहभागी हुन हकदार हुन्छन् ।
फागुन २० गते राष्ट्रिय सभागृहमा कम्पनीको साधारणसभा बस्दैछ । साधारणसभामा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत कम्पनीले लैजानेछ ।
संस्थापक समूहबाट १ जना र साधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकहरु पनि साधारणसभाले चुन्नेछ ।
प्रतिक्रिया