काठमाडौं ।
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल ९.३३ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन मंगलबार ७० अंक बढीले घटेको बजारमा आज एकल अंकको सुधार आएको हो ।
आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा खरिदबिक्री भयाे ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३३ करोड ३७ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
शिवम् सिमेन्टको २७ करोड मूल्य बराबरको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १३ करोड, घोराही सिमेन्ट इन्डस्ट्रीको १२ करोड र एनआरएन ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
प्रतिक्रिया