संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै


काठमाडौं ।

संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन ।

संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।

साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।

यी सबै बैठक बिहान ११ बजे देखी दिउँसो १ः३० बजेसम्म बस्नेछ ।