नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन डा. वाग्लेको सुझाव

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन डा. वाग्लेको सुझाव


काठमाडौं । नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारलाई सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

वाग्लेले भने, ‘यसपालि फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश, जुन अलिखित छ-नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो । त्यसमा लगानी पुगेको छैन । लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो । क्लाईमेट फाईनान्स नै अबको विकास फाइनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ ।’