संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने ओलीको दाबी

संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने ओलीको दाबी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्ष साथ समाधान गर्नुपर्ने बताए । संघीय संसद सचिवालयका कर्मचारी केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् ।

उनीहरूले ११ बुँदे माग राखेका छन् ।