छाउपडी अन्त्यका अध्ययन गर्न गृहमन्त्री लामिछानेले बनाए समिति

छाउपडी अन्त्यका अध्ययन गर्न गृहमन्त्री लामिछानेले बनाए समिति


काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लािग समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे । त्यस्तै, उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताए । उनले पीडित बालिकाको उपचार भइरहको पनि जानकारी दिए । गृहमन्त्री लामिछानले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र अनुसन्धान भइरहेको बताए ।

उनले महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गरि कारबाही गर्न निर्देशन दिएको पनि बताए ।