प्रधानमन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार (नामावलीसहित)

प्रधानमन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार (नामावलीसहित)


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । जननिर्वाचित संसद् विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट बहिगर्मन गरिदिएको तीन वर्षपछि उनी पुनः प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् ।

यी हुन् नवनियुक्त मन्त्रीहरू :

१‍. केपी शर्मा ओली : प्रधानमन्त्री
२. प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री
३. विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
४. पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक : गृहमन्त्री
६. शरतसिंह भण्डारी : श्रम तथा रोजगार
७. आरजु राणा देउवा : परराष्ट्रमन्त्री
८. नवलकिशोर साह सुडी : महिला बालबालिका
९. बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
१३. प्रदीप यादव : खानेपानीमन्त्री
१४. प्रदीप पौडेल : स्वास्थ्यमन्त्री
१५. अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे : पर्यटनमन्त्री
१७. रामनाथ अधिकारी : कृषिमन्त्री
१८. विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९. मानवीर राई : रक्षामन्त्री
२०. दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री
२१. राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री