सेयर बजार: उत्पादन समूह ३० महिनाकै उच्च

सेयर बजार: उत्पादन समूह ३० महिनाकै उच्च


काठमाडौं । सोमबार सेयर बजारमा सबैभन्दा उच्च दरले बढेको क्षेत्रगत सूचक हो– उत्पादन तथा प्रशोधन । समग्र बजारको परिसूचक नेप्से ०.०८ प्रतिशत मात्रै बढ्दा यो समूहको सूचक २.१६ प्रतिशत बढ्यो ।

यो वृद्धिसँगै उत्पादन तथा प्रशोधन समूह ३० महिना (९ माघ २०७८) यताकै उच्चतम विन्दुमा पुगेको छ । उत्पादन समूहमा ९ कम्पनी सूचीकृत रहे पनि नेपाल ल्युब आयलको कारोबार हुँदैन । बजारकै मूल्यवान कम्पनीहरू यस समूहमा छन् ।

युनिलिभर कम्पनी बजारको सबैभन्दा मूल्यवान हो । यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १६०० रुपैयाँ (३ प्रतिशत) बढेर ५५ हजार रुपैयाँ कायम भएको छ ।

दिनभर कारोबारका क्रममा यस कम्पनीको मूल्य अधिकतम ५६ हजार ६६८ रुपैयाँसम्म पुग्यो भने न्यूनतम ५२ हजार ३३५ रुपैयाँसम्म झरेको थियो ।