काठमाडौं । मंगलबार सेयर बजारमा कुल १४ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा टप १० ब्रोकर कम्पनीहरूको अंश ३५ प्रतिशत रहँदै आएको छ ।
टप १० ब्रोकर कम्पनीहरुले मंगलबार ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको धितोपत्र खरिद गर्दा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको बिक्री गरेका छन् ।
टप १० ब्रोकर कम्पनीमध्ये मंगलबार ६ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ वटामार्फत बिक्री धेरै भएको छ । बिक्रीभन्दा खरिद धेरै गरेका ब्रोकर कम्पनीहरुमा नासा, भिजन, अनलाइन, सनी, डायनामिक र दिपशिखा छन् । त्यस्तै बिक्री धेरै गरेका कम्पनीहरुमा इम्पेरियल, एबीसी, आर्यतारा र अग्रवाल सेक्युरिटिज छन् ।
यस दिन पनि सबैभन्दा धेरै कारोबार गरेको नासा सेक्युरिटिजमार्फत ८९ करोड ७३ लाख रुपैयाँ बराबरको खरिद हुँदा ६७ करोड ६ लाख रुपैयाँ बराबरको बिक्री भएको छ ।
प्रतिक्रिया