टीआरसी विधेयक : कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाउँदै

टीआरसी विधेयक : कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाउँदै


काठमाडौँ – सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तयार भएको प्रतिवेदन आज बिहान ११ बजे सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे तीन नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । १३ असारमा गठन भएको कार्यदलमा एमालेबाट महेश बर्तौला, काँग्रेसबाट रमेश लेखक र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।