प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडौं- नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरे ।

२ सातापछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको भन्दै दुर्घटनाबारे केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बसेर आवश्यक निर्णय लिने जानकारी गराए ।