माओवादी स्थायी कमिटीमा आज प्रचण्डले जवाफ दिने

माओवादी स्थायी कमिटीमा आज प्रचण्डले जवाफ दिने


काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा पार्टी नेतृत्वको विकल्प, साङ्गठनिक अवस्था, देशको अवस्था, अन्तर्राष्ट्रिय राजनीति लगायत विषयमा छलफल भएको छ ।

बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् ।