राज्यका सबै तहमा महिलाले ५१ प्रतिशतको भाग पाउनुपर्छ : सांसद अर्याल

राज्यका सबै तहमा महिलाले ५१ प्रतिशतको भाग पाउनुपर्छ : सांसद अर्याल


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले महिला, आदिवासी जनजाती, दलित लगायतले जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्ने बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जनसंख्याको आधारमा प्रतिनिधित्व नभएकाल राज्य संरचना अधुरो रहेको बताए ।

‘अब हामीले ३३ प्रतिशत होइन, नेपालको जनसंख्याको ५१.४ प्रतिशत महिला छ र ४८.९६ प्रतिशत पुरुष छ । ४९ र ५१ प्रतिशतको रेसियोमा हामी महिला र पुरुषले भाग पाउनुपर्छ । प्रतिनिधि सभामा, राष्ट्रिय सभामा, प्रदेश सभामा र स्थानीय सरकारमा । यो किसिमले जानुपर्छ’ उनले भनिन् ।

विगतमा भएको आन्दोलनका क्रममा गरेको बाचा स्मरण गर्न पनि शीर्ष नेताहरुलाई उनको आग्रह छ ।

समावेशी प्रतिनिधित्वको नाममा एक जना कतै राखिदिने जस्तो प्रबृति देखा परेको भन्दै उनले यस्तो सैह्य नहुने बताए ।

दलित, मधेशी लगायतको उपस्थिति राज्यको संरचनामा जनसंख्याको आधारमा हुनुपर्ने उनको माग छ । यसका लागि संविधान संशोधन गर्ने हुँदा राष्ट्रिय सहमति सहजै जुट्न सक्ने उनको सुझाव छ ।