संघर्ष र बलिदानीबाट प्राप्त समृद्धि र विकासका विषयमा सोच्नुपर्ने बेला आएको प्रदेश प्रमुख जोशीको दाबी

संघर्ष र बलिदानीबाट प्राप्त समृद्धि र विकासका विषयमा सोच्नुपर्ने बेला आएको प्रदेश प्रमुख जोशीको दाबी


काठमाडौं । प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानीबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा सोच्नुपर्ने बेला आएको बताएका छन् ।

प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले चार जनाको बलिदानीबाट प्रदेश स्थापना भएपछि जनताको इच्छा र शहिदहरुको सपनालाई कति पूरा गर्यौ भनेर सोच्ने बेला आएको बताएका हुन् ।

उनले विकास निर्माणका विषयमा निर्वाचित जनप्रतिनिधिले मुल्यांकन गर्नेबेला आएको बताएका छन् । कर्णाली प्रदेश सबै प्रदेशभन्दा उत्कृष्ट प्रदेश हो भनेर हामीले स्वीकार गरेको धारणा व्यक्त गरे ।

‘विभिन्न स्रोत साधानको खानी कर्णालीमा छ’ उनले भने,’पर्यटन, धार्मिक, मठमन्दिर, जडिबुटीको खजना नै कर्णाली प्रदेश हो । पेट्रोलियम पदार्थको भण्डारण कर्णाली हो। यति सम्भावना हुँदाहुँदै पनि यहाँका नागरिक रोजगारिका लागि बाहिरिएका छन् । हामीले सोच्ने बेला आएको छैन् र? ‘

प्रदेशलाई भ्रष्टाचारको शून्य सहनशीलता बनाउनु आजको मुख्य चुनौति रहेको प्रदेश प्रमुख जैशीको भनाइ छ ।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका सहिद परिवारलाई रोजगारी दिने निर्णाय गरिएको जानकारी दिए ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहिद परिवारका एकएक जनालाई रोजगारी दिने निर्णय गरिएको मुख्यमन्त्री कँडेलले जनाए ।

चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको मुख्यमन्त्री कँडेलले बताए ।यस्तै, कर्णाली प्रदेश निजामती सर्वोउत्कृष्टमा १३ जना कर्मचारी पुरस्कृत भएका छन् ।

साथै, कर्णाली प्रदेश पत्रकारिता पुरस्कार-२०८१ बाट तीन जना पत्रकार पुरस्कृत भएका छन् ।पुरस्कृत हुनेमा पत्रकारहरूमा जाजरकोटका यज्ञ खत्री, राजेन्द्र कार्की र कालीकोटका तुलराज पाण्डे रहेका छन् ।

उनीहरूलाई जनही ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।कर्णाली सरकारले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।