रुपन्देही । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको अध्यक्षमा टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
कमर्शको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो । जसअनाुसार वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला/नगर) जेपी कँडेल, उपाध्यक्ष (वस्तुगत) चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष (एसोसियट) लोकहरि श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री, सचिवमा अजय न्यौपाने निर्वाचित भए । सद्स्यहरुमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मञ्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भए ।
आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्नसक्ने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले व्यवसायीहरुले अब व्यापारको ट्रेन्ड बदल्नुपर्ने बेला आएको बताए । अबको व्यापार परम्परागत ढंगबाट चल्न नसक्ने भन्दै उनले व्यापारको ट्रेन्ड नबदल्ने हो भने अझै धेरै सटर बन्द हुने बताए ।
प्रतिक्रिया