ओमानका विदेशमन्त्री आल्बुसाइदी नेपालमा: प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट्दै

ओमानका विदेशमन्त्री आल्बुसाइदी नेपालमा: प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भेट्दै


काठमाडौं । ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आएका छन् । मन्त्री साइद बदर बिन हमिद हामोद आल्बुसाइदी नेपाल आएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

भ्रमणको क्रममा उनले नेपाली समकक्षी राणा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ ।

सन् १९७७ जनवरी २१ मा नेपाल र ओमानको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१३ सेप्टेम्बर १ मा नेपालले ओमानको राजधानी मस्कटमा राजदूतावास सञ्चालनमा ल्याएको थियो । ओमानको भने नेपालमा राजदूतावास छैन ।