कांग्रेस-एमालेलाई प्रचण्डले भने- बीचैमा झगडा गरेर लौन प्रचण्डजी भन्दै फुर्क्याउन नआउनू

कांग्रेस-एमालेलाई प्रचण्डले भने- बीचैमा झगडा गरेर लौन प्रचण्डजी भन्दै फुर्क्याउन नआउनू


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अब सत्ताको खेलमा नभएको प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माओवादी सरकारको चलखेलको प्रतिरोधमा रहने बताए ।

उनले भने, ‘माओवादी पार्टी होइन, आन्दोलन हो । आन्दोलनको पुनर्गठनमा हामी जुटेका छौं । त्यही पुनर्गठनको बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहमा पार्टी बनाउँछौं । पहिला पनि बनाएका हौं । अब पनि बनाउँछौं, त्यो बेलासम्म तपाईंहरु मिलिराख्नुहोला । फेरि बीचैमा झगडा गरेर लौन प्रचण्डजी फकाउन र फुर्क्याउन चाहिँ नआइदिनुहोला ।’

अध्यक्ष प्रचण्डले आफूहरु जनताको ठूलो निगरानीमा रहेको पनि बताए ।