रास्वपालाई गगनको जवाफ- ९ मिनेटमा चट् भनेको ९ घण्टासम्म बयान दिनुपरेको तथ्य भएर होइन ?

रास्वपालाई गगनको जवाफ- ९ मिनेटमा चट् भनेको ९ घण्टासम्म बयान दिनुपरेको तथ्य भएर होइन ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा आफूहरुसँग भएको तथ्य प्रमाण दिएकै कारणले रास्वपा सभापति रवि लामिछानेले ९ घण्टा बयान दिनुपरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अब आफू समितिको फैसला पर्खेर बसेको बताए ।

त्यसबारे उनको भनाइः

केही दिनदेखि संसदमा साथीहरुले प्रमाण खोइ भनेको पाए, तथ्य प्रमाण भएरै त होला हामीले यत्रो संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौं । त्यो हामीले नै लडेर बनाएको हो नि ।

टिओआर हामीले नै लेख्न लगाएको हो नि । नाम र कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य प्रमाणहरु दिएनौं होला हामीले । हामीसँग भएका तथ्य प्रमाणहरु समितिमा पुगेन होला ।

हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला । यसो ख्याल गर्नुभएन । ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भनेको आधारमा आएको होइन होला । मलाई समितिमाथि विश्वास छ ।

बरु साथीहरु झुक्किनुभयो कि होला । त्यो बयान हो फैसला होइन, तथ्य प्रमाणको आधारमा फैसला आउँछ भनेर बसेको छु । त्यसैले अब दिन गनौं, फैसला आएपछि सँगै बसौंला ।