कोशीमा सरकारबाट बाहिरिएको एक महिनापछि माओवादीले लियो समर्थन फिर्ता

कोशीमा सरकारबाट बाहिरिएको एक महिनापछि माओवादीले लियो समर्थन फिर्ता


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् । आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएकव प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयलाई पत्र पठाएर माओवादीले समर्थन फिर्ताको जानकारी दिएको छ ।