दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौँ – भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए ।

यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा निवेदन धरौटीमा रिहा गर्न नमानेको विरोधमा र अर्को निवेदन सीबीआईले आफूलाई पक्राउ गरेको विरोधमा थियो । तर सर्वोच्चले सीबीआईले गरेको केजरीवालको गिरफ्तारी कानुनसम्मत भएको ठहर गरेको थियो ।

भारतको आम निर्वाचनको बेलामा भने चुनाव सकिए लगत्तै हिरासतमै बस्नुपर्ने सर्तमा केजरीवाल केही दिन रिहा भएका थिए ।