सम्झौता गरिसकेको फिल्म ‘कल्ली’ बाट हटाइए नायक पल शाह

सम्झौता गरिसकेको फिल्म ‘कल्ली’ बाट हटाइए नायक पल शाह


काठमाडौ । पल शाहलाई सम्झौता गरिसकेको फिल्मबाट हटाइएको छ। केही समयअघि पलसहित बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ घोषणा गरिएको थियो। तर, अब यस फिल्मबाट पललाई हटाएर सौगात मल्ललाई लिइएको छ।

‘कल्ली’का निर्देशक लक्ष्मण सुनारले पल हटाइएको कुरा स्वीकार गरेयद्यपि हटाउनका कारण भने खोलेनन्। सुनारले भने, ‘यो सामान्य कुरा हो। कलाकार आउने–जाने भइरहन्छ। हाम्रा आफ्नै बाध्यता छन्।’ पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिएको छ। जुन असफलताले पलको करिअरमा पनि धक्का पुर्‍याएको छ। ‘रावायण’ प्रदर्शनअगावै निकै चर्चामा थियो। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल हिट कमब्याकको खोजीमा थिए। कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। तर, त्यसो हुन सकेन।

व्यावसायिक र समीक्षात्मक हिसाबले फिल्म फ्लप हुँदा पललाई ठूलो झट्का लागेको छ। खासमा ‘रावायण’ नचल्नु नै पलको लागि सकसपूर्ण घटना बन्न पुगेको छ। फिल्मबाट हटाउनु मात्रै होइन, अहिले उनलाई लिएर फिल्म बनाउनसमेत मेकरहरू गाह्रो मानिरहेका छन्। पलको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिएको छ। जुन असफलताले पलको करिअरमा पनि धक्का पुर्‍याएको छ।

‘रावायण’ प्रदर्शनअगावै निकै चर्चामा थियो। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल हिट कमब्याकको खोजीमा थिए। कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। तर, त्यसो हुन सकेन। व्यावसायिक र समीक्षात्मक हिसाबले फिल्म फ्लप हुँदा पललाई ठूलो झट्का लागेको छ। पल शाहकै कारण ‘कल्ली’ मा केही कलाकारले काम गर्न नमानेको पाइएको छ। अरू मुख्य भूमिकाका लागि केही कलाकारलाई अफर गरिएको थियो। तर, पलको कारण उनीहरूले प्रस्ताव स्विकारेनन्। जसले गर्दा अन्ततस् पललाई नै फिल्मबाट हटाइएको छ।