छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द

छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द


काठमाडौँ – दक्षिणकाली नगरपालिकाले आजदेखि छैमले-कुलेखानी सडकखण्ड १२ दिनका लागि बन्द गरेको छ । दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।

नगरपालिकाले कालोपत्र नसकिउन्जेल सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सो कामका लागि सहजीकरण गरिदिन नगरपालिकाले काठमाडौँ र मकवानपुरका जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको छ ।

उक्त सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडाअन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।