दुई महिनामा २ खर्ब ६२ अर्बको आयात

दुई महिनामा २ खर्ब ६२ अर्बको आयात


चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । त्यस्तै, यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले बृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ ।