दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु


घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।