२४ घण्टामा काठमाडौँ भित्रिए ५६ हजार यात्रु

२४ घण्टामा काठमाडौँ भित्रिए ५६ हजार यात्रु


काठमाडौँ। दसैँ सकिएलगत्तै बिहीबार २४ घण्टामा ५६ हजार ५११ यात्रु काठमाडौँ उपत्यका प्रवेश गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौँ भित्रिएका हुन् ।

प्रहरीका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड समेत छ ।

२४ असोज फूलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।