काठमाडौँ उपत्यकामा दसैँको अवधिमा ७५५ जना मापसे कारबाहीमा

काठमाडौँ उपत्यकामा दसैँको अवधिमा ७५५ जना मापसे कारबाहीमा


काठमाडौँ । दसैँको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् ।

दसैँको अवधिमा १७७ जना लेन अनुशासन, ४५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् ।

अनावश्यक हर्न बजाएको आरोपमा १८० जना, जथाभाबी पार्किङ गरेको आरोपमा ५२३, बढी भाडा लिएको आरोपमा १३ जना कारबाहीमा परेका छन् ।

क्षमताभन्दा बढी यात्रु र मालसामान बोकेको आरोपमा ११६, आरक्षण सिटमा अरूलाई राख्दा १ जना, सीसी टिभी हेरेर ६७२, नम्बर प्लेट स्पष्ट नराख्दा १२ र अनलाइनमार्फत परेका उजुरीका आधारमा ६३ जना कारबाहीमा परेका छन् ।

उनीहरूलाई यातायात व्यवस्था ऐनअनुसार जरिवाना र सचेतना कक्षा ट्राफिक प्रहरीले लिनेछ ।